२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अन्ततः लमजुङ कारागारका १०८ कैदी बन्दी...

अन्ततः लमजुङ कारागारका १०८ कैदी बन्दी तनहुँ र कास्की स्थानान्तरण

अन्ततः लमजुङ कारागारका १०८ कैदी बन्दी तनहुँ र कास्की स्थानान्तरण

शनिवार, श्रावण ३ २०८२०४:४१
शनिवार, श्रावण ३ २०८२०४:४१
  • images

    काठमाडौं । लमजुङ जिल्ला कारागारको पर्खाल भत्किएपछि मर्मत नहुँदासम्मका लागि त्यहाँ रहेका १०८ जना कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ।

    नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा टोलीको साथमा पुरुष कैदीहरूलाई ४ वटा बसमा र महिला कैदीहरूलाई हाइस मोटरमा राखी तनहुँ र कास्की जिल्लाका कारागारहरूमा पु¥याइएको हो। स्थानान्तरण गरिएका बन्दीहरूमध्ये ३० जना तनहुँ र ७८ जना कास्की पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    lamjung.jpg

    बन्दीहरूको जिल्लामै बस्ने आग्रहपछि छलफल

    कारागार पर्खाल भत्किएपछि स्थानान्तरणको तयारी भइरहँदा बन्दीहरूले जिल्लामै बस्नुपर्ने माग राख्दै विरोध जनाएका थिए। प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले उनीहरूसँग लामो छलफल र अन्तरक्रिया गरेका थिए। अन्ततः बन्दीहरूले लिखित प्रतिवद्धता पश्चात् स्थानान्तरणमा सहमति जनाएका हुन्।

    chall.jpg
    undefined

    जिल्ला प्रशासन कार्यालयका अनुसार कारागारको पर्खाल मर्मत सम्पन्न नभएसम्म बन्दीहरूलाई अन्यत्र राखिनेछ। आवश्यक मर्मतपश्चात पुनः स्थानान्तरणबारे निर्णय गरिनेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend