२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपालको ८-० को शानदार जित, पूर्णिमा...

नेपालको ८-० को शानदार जित, पूर्णिमा र मीनाको ह्याट्रिक

नेपालको ८-० को शानदार जित, पूर्णिमा र मीनाको ह्याट्रिक

शनिवार, श्रावण ३ २०८२०५:१५
शनिवार, श्रावण ३ २०८२०५:१५
  • images

    काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत पाँचौं खेलमा भुटानलाई ८–० ले पराजित गरेको छ।

    नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक, कुसुम खतिवडाले १ गोल, र १ आत्मघाती गोल भयो। नेपालले पहिलो हाफमै ६–० को अग्रता बनाएको थियो।

    डबल राउन्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा नेपालको यो भुटानसँग दोस्रो जित हो। नेपालले यसअघि श्रीलंकालाई दुई खेलमा ७–०, भुटानलाई ६–१ ले हराएको थियो भने बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।

    नेपालले ५ खेलबाट १२ अंक जोडेको छ। अन्तिम खेल सोमबार बंगलादेशविरुद्ध हुनेछ, जसले उपाधिको टुंगो लगाउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend