२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको...

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भिड

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भिड

सोमवार, श्रावण ५ २०८२०६:५९
सोमवार, श्रावण ५ २०८२०६:५९
  • images

    काठमाडौँ । आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।

    साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।

    साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो लाग्ने गर्छ ।

    pashupati1.jpg

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।

    pashupati2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend