काठमाडौँ । घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियारले बोलाएका छ ।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा रहेको अख्तियारले गुप्तालाई भ्वाइस टेस्टका लागि बोलाएको हो ।
सोही प्रकरणमा अख्तियारले गुप्ताको भ्वाइस टेस्ट गर्न भोलि मंगलबारका लागि बोलाएको उच्च स्रोतको दाबी छ ।
भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

