२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अध्यक्ष ज्यू, लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध...

अध्यक्ष ज्यू, लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो?’ – पौडेलको चर्को प्रश्न

अध्यक्ष ज्यू, लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो?’ – पौडेलको चर्को प्रश्न

सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२१०:२०
सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२१०:२०
  • images

    काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले आफ्नै पार्टी अध्यक्षले ‘हारेकाहरु’ भनेर टिप्पणी गर्दा मुटु छियाछिया भएको बताएका छन् ।

    नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग ‘हारेका’ र अन्तुष्टसँग देखिएको भन्दै आलोचना गरेपछि पौडेलले उत्तर फर्काएका हुन् । आइतबार पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले मुख्यालय च्यासल पुगेको बेला पौडेल सहित युवा संघमा पराजित सुमन पुरी लगायतका नेताहरु उपस्थित भएका थिए ।

    अध्यक्ष ओलीले पौडेल, पुरी लगायतका नेताहरुको उपस्थीति बारेमा टिप्पणी गरेका थिए । ओलीले बैठकमा भनेका थिए, ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

    पार्टी अध्यक्षबाट हारेकाहरु पार्टी कार्यालयमा देखिएको भन्दै टिप्पणी गरिनु दुखत भएको पौडेलको बताएका छन् । लेखेका छन्, ‘७ मतले हार्नु मेरो भाग्य होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरेँ । तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट ‘असन्तुष्ट’ र ‘हारेकाहरू’ भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू, छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ । मुटु छियाछिया हुँदो रहेछ । हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौं गुणा गहिरो हुँदोरहेछ ।’

    पौडेलले लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध भएको हो ? भनेर प्रश्न पनि गरेका छन् । उनले सोधेका छन्, ‘आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो ? के कार्यकर्ताको माझमा जानु पाप हो ?

    पौडेलले पार्टीलााई अप्ठ्यारो पर्दा आफू जहिल्यै फ्रन्टलाइनमा उभिएको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘जब तपाईं चारैतिरबाट घेराबन्दी भयो, त्यतिबेला धेरै ठूला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए। तर म, तपाईंको एउटा सामान्य सिपाही, तपाईंको रक्षाको लागि सडकमा थिएँ। गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईंको पक्षमा गर्जिरहेको थिएँ। त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो। र आज । आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ। मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ। केवल तपाईंले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ।’

     
     
     
     
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend