२०८३, आश्विन २० गते

images
  • राजनीति
  • घुस डिलको अडियो सक्कली भएको विधिविज्ञान...

घुस डिलको अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाको पुष्टि, अख्तियारमा बयान दिन जादैँ गुप्ता

घुस डिलको अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाको पुष्टि, अख्तियारमा बयान दिन जादैँ गुप्ता

मंगलवार, श्रावण ६ २०८२०७:२९
मंगलवार, श्रावण ६ २०८२०७:२९
  • images

    काठमाडौँ । कर्मचारीको सरुवा रोक्न तथा मूमि आयोगमा आफू मातहतका मान्छेलाई नियुक्ती दिलाउन घुस दिएको भन्दै सार्वजनिक भएको अडियो तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताकै भएको पुष्टि भएको छ । 

    मन्त्री गुप्ताले उक्त अडियो आफ्नो नभएर एआई जडित भएको भन्दै सार्वजनिक बक्तय जारी गरीरहँदा विधिविज्ञान प्रयोगशालाले उक्त अडियो सक्कली नै भएको पुष्टि गरेको हो ।

    कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको हो ।

    अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।

    अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानका क्रममा रहेका विषयमा बोल्न नमिल्ने बताए ।

    बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस डिल’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए । सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका थिए । 

    सोही प्रकरणमा छोरा मनोज अधिकारीमार्फत बिचौलियाबाट रकम बुझेको आरोप लागेका भूमि व्यवस्थामन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गरी राजीनामा नदिने र आरोपमा सत्यता नभएको जिकिर गरेका थिए ।

    अख्तियारले उनलाई अनुसन्धानका लागि बयानमा बोलाएको छैन । ‘घूस डिल’ को अडियोमा समेत आवाज सुनिने नागरिक उन्मुक्तिकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ र पूर्वसचिव पोखरेल पनि पोखराको जग्गा प्रकरणमा मुछिएका छन् । उनीहरूलाई पनि अख्तियारले सोधपुछका लागि बोलाएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend