२०८३, आश्विन २० गते

images

झन्डै डेढ अर्बले घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण ?

झन्डै डेढ अर्बले घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण ?

बिहिवार, श्रावण ३१ २०८१०७:४१
बिहिवार, श्रावण ३१ २०८१०७:४१
  • images

    काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलामा झन्डै ३ अर्बले नाफा घटेको हो । 

    विवरण अनुसार गत आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १ हजार रुपैयाँ कुुल आम्दानी गरेको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुुलनामा २ अर्ब ८० करोड ६५ लाख अर्थात ६.३२ प्रतिशतले कमी हो । टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० मा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

    यस्तै, गत आर्थिक वर्षमा कुुल सञ्चालन आयमा समेत कमी आएको कम्पनीले जनाएको छ । ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँले सञ्चालन आयमा कमी आएको हो । उक्त रकम अघिल्लो आवको सोही अवधिको कुल सञ्चालन आय ३६ अर्ब २७ करोड ११ लाख ५० हजार रुपैयाँको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार अर्थात ४.९९ प्रतिशतले कमी हो । 

    कुुल आम्दानी र सञ्चालन आम्दानीमा कमी आएसँगै नाफामा समेत कमी आएको छ । कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त रकम गत आवको खुद मुनाफा ७ अर्व ९२ करोड १ लाख ५५ हजार रुपैयाँको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँ (अर्थात् १६.४४ प्रतिशत) ले कमी भएको ।

    यस आवको कर अघिको मुनाफा ११ अर्व ३७ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको । उक्त रकम गत आ।व। को कर अघिको मुनाफा ११ अर्व ८४ करोड २५ लाख ६२ हजारको तुलनामा ४६ करोड २७ लाख ५७ हजार (अर्थात्  ३.९१ प्रतिशत) ले कमी भएको । कम्पनीको प्रति शेयर आम्दानी ३६.७७ रुपैयाँ रहेको।

    सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ । 

    राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको, सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको, सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको सूचनामा उल्लेख छ । 

    यस्तै, कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कमी भएको जनाईएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend