२०८३, आश्विन २० गते

images

प्रधानमन्त्री ओलीको संसद् सम्बोधन स्थगित

प्रधानमन्त्री ओलीको संसद् सम्बोधन स्थगित

बुधवार, श्रावण ७ २०८२०२:१७
बुधवार, श्रावण ७ २०८२०२:१७
  • images

    ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधिसभामा गर्ने भनिएको विशेष सम्बोधन स्थगित गरिएको छ।

    नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको सम्बोधन अर्को दिनका लागि सारिएको हो। यद्यपि, संसद्को कार्यसूचीमा उल्लेख गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको उनले बताए।

    यसअघि प्रधानमन्त्री ओलीले आजको बैठकमा विशेष सम्बोधन गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा आएर उक्त कार्यक्रम सारिएको हो।

    कार्यसूचीअनुसार सांसदहरूले आज प्रधानमन्त्रीसँग विभिन्न राष्ट्रिय विषयमा प्रश्न उठाउन पाउनेछन् भने प्रधानमन्त्री ओलीले तिनको जवाफ दिनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend