काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले फुटबलर सावित्रा भण्डारीलाई सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान भण्डारी (साम्बा)लाई गाउँपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रमसँगै भण्डारीसँग गाउँपालिकाका अन्डर–१८ उमेर समूहका फुटबल खेलाडीहरूसँग अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा सावित्राले आफ्नो अनुभव सुनाउँदै फुटबलमार्फत युवाहरूले उज्वल भविष्य निर्माण गर्न सक्ने बताइन्। उनले नियमित अभ्यास, अनुशासन र आत्मविश्वासको महत्त्वमा जोड दिँदै स्थानीय खेलाडीहरूलाई प्रेरित गरिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, खेलकुद समिति सदस्य, प्रशिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाले सावित्रा भण्डारीको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरेको छ ।

