२०८३, आश्विन २० गते

images

त्रिवि क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा(तस्बिरहरु)

त्रिवि क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा(तस्बिरहरु)

आइतवार, श्रावण ११ २०८२०१:२५
आइतवार, श्रावण ११ २०८२०१:२५
  • images

    काठमाडौं ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम भइरहेको छ । अहिले प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम हाल अन्तिम चरणमा पुगेको छ । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।

    यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ । प्यारापिटमा पहेंलो, सेतो, खैरो, हरियो, निलो र सुन्तला गरी छ रङका कुर्सी जडान हुनेछन् । प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ ।

    प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको थियो ।

    दुई कम्पनीसँग सरकारले १९ र २२ पुसमा सम्झौता गरेको थियो । तर समयमै काम पूरा नभएपछि अहिले ठेकेदार कम्पनीलाई दैनिक दुई लाख हर्जना तिराइएको छ ।

    tu4.jpg

    tu9.jpg

    tu11.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend