काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई बढुवा गरी सिफारिस गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले पौडेललाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।
यसअघि प्रमुख रजिस्ट्रारको जिम्मेवारी सम्हालेका देवेन्द्रराज ढकाल आइतबार ५८ वर्षे उमेरहद पूरा गरी अनिवार्य अवकाशमा गएपछि सो पद रिक्त भएको थियो। रिक्त पदमा हालका रजिस्ट्रार पौडेललाई बढुवा गरी नियुक्त गर्न सिफारिस गरिएको हो।
त्यस्तै, सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरिएको छ।
अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको औपचारिक पदस्थापन हुनेछ।

