२०८३, आश्विन १९ गते

images

आधाभन्दा बढीले पाए हिमालयन बैंकको सेयर,यसरी हेर्नुस नतिजा

आधाभन्दा बढीले पाए हिमालयन बैंकको सेयर,यसरी हेर्नुस नतिजा

मंगलवार, श्रावण १३ २०८२०९:४४
मंगलवार, श्रावण १३ २०८२०९:४४
  • images

    काठमाडौँ । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।

    एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।

    यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या ५४.२७ प्रतिशत हो । एफपीओ परेरनपरेको नतिजा केही समयपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

    धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुने गर्छ । पुग्नेजतिलाई १० कित्ताका दरले बाँडफाँट गरिसकेपछि बाँकी ‘अड लट’ संख्या थप १–१ कित्ताका दरले बाँडफाँट हुन्छ ।

    सोअनुसार बाँडफाँट भएको हो । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ खुलाइएको थियो । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा हिस्सा कम्तीमा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । हाल यो हिस्सा २७ प्रतिशत मात्रै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend