२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मुख्यमन्त्री बहादुरसिंह लामा अल्पमतमा, अब राजीनामा...

मुख्यमन्त्री बहादुरसिंह लामा अल्पमतमा, अब राजीनामा दिनुपर्ने अवस्था

मुख्यमन्त्री बहादुरसिंह लामा अल्पमतमा, अब राजीनामा दिनुपर्ने अवस्था

मंगलवार, श्रावण १३ २०८२०१:४३
मंगलवार, श्रावण १३ २०८२०१:४३
  • images

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आज भएको मतविभाजनमा अल्पमतमा परेका छन्। संसदीय दलको बैठकमा भएको विश्वासको मत प्रक्रियामा लामाको पक्षमा १५ मत मात्रै खसेको छ भने विपक्षमा २२ मत परेको छ। यससँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

    कांग्रेसको नियमअनुसार मुख्यमन्त्री बन्न दलको नेता अनिवार्य हुनुपर्ने प्रावधान रहेकोले लामा अब मुख्यमन्त्री पदमा बस्न नपाउने स्थिति आएको छ। अबको प्रक्रिया अनुसार लामाले स्वेच्छिक राजीनामा दिनुपर्ने हुन्छ, नत्र उनलाई संवैधानिक प्रक्रियामार्फत पदबाट हटाइनेछ।

    प्रदेशको सत्ता सन्तुलन फेरिने सम्भावना बढेसँगै अब नयाँ बहुमतको सरकार गठनको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। नेपाली कांग्रेस भित्रै लामाको नेतृत्वमाथि प्रश्न उठ्दै आएको बेला उनी अल्पमतमा परेको हो।

    नयाँ मुख्यमन्त्री चयन र सत्ता समीकरणबारे कांग्रेस र अन्य दलहरूबीच परामर्श सुरु भइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend