२०८३, आश्विन २० गते

images

माथिल्लो सार्दी खोलामा एनएमबि बैंकले ऋण लगानी गर्ने

माथिल्लो सार्दी खोलामा एनएमबि बैंकले ऋण लगानी गर्ने

बुधवार, श्रावण १४ २०८२११:१७
बुधवार, श्रावण १४ २०८२११:१७
  • images

    काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिमा निर्माण हुने माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुवाईमा ऋण लगानी हुने भएको छ । बैंकले उक्त आयोजना निर्माणका लागि मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता भएको हो। 

    यस आयोजनामा बैंकको एकल ऋण लगानी छ । २।९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले उक्त आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

    त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित चार मेगावाट क्षमताको सार्दी खोला जलविद्युत् आयोजनाले ०७४ देखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । उक्त आयोजनामा समेत एनएमबिको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend