काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज
(नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।
कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको यो योजना ७ वर्ष अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ । नेप्सेमा यस ऋणपत्र ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ नाम र स्टक संकेत आरबिबिडी २०८८ बाट सूचीकृत गरिएको हो ।
उक्त ऋणपत्र साउन १५ गतेदेखि सेकेन्डरी बजारमा कारोबार गर्न सकिनेछ ।

