२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाल कराते महासंघ लमजुङको अध्यक्षमा पुन:...

नेपाल कराते महासंघ लमजुङको अध्यक्षमा पुन: गुरुङ

नेपाल कराते महासंघ लमजुङको अध्यक्षमा पुन: गुरुङ

बुधवार, श्रावण १४ २०८२०५:५१
बुधवार, श्रावण १४ २०८२०५:५१
  • images

    काठमाडौँ ।

    नेपाल कराते महासंघ जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा पुनः प्रेमबहादुर गुरुङ चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति लमजुङको कार्यालयमा बुधबार सम्पन्न प्रथम जिल्ला अधिबेसनले गुरुङलाई सर्वसम्मत पुन: अध्यक्षमा निर्वाचित गरेको हो ।

    १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा मनु घर्ती, सरोज तामाङ, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा प्रीति तामाङलाई चयन गरिएको छ । सदस्यहरुमा सुनिल परियार, सुनिल गुरुङ, सुनिल घले, आयुष गुरुङ, सुमन के.सी, अन्जय गुरुङ, हिराजंग घले र जाहिरा मियालाई चयन गरिएको छ । नेपाल कराते महासंघ जिल्ला कार्यसमिति लमजुङको प्रथम जिल्ला अधिबेसनलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष सुमन श्रेष्ठले लमजुङमा कराँते खेलको राम्रो सम्भावना रहेको बताए । 

    अन्य खेल सरह कराँते खेलपनि प्रतिष्पर्धामा रहेको भन्दै नयाँ तथा दक्ष खेलाडी उत्पादन गर्न महासंघ जिल्ला कार्यसमिति लमजुङले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । कराँते खेलको विकासका लागि जिल्ला खेलकुँद विकास समिति लमजुङले खेल्नुपर्ने भुमिकामा कुनै पनि खालको कन्जुस्याइँ नरहने प्रतिवद्धता व्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै नेपाल कराते महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष मनिराज थापा मगरले कराते खेलाडी उत्पादनमा  लमजुङ अगाडी रहेको बताए ।

    लमजुङ जिल्लामा अब्बल खेलाडी उत्पादन भइरहेको बताउँदै आगामी दिनमा थप रचनात्मक र सृजनात्मक कार्यलाई जोड दिनुपर्ने बताए । दोस्रो कार्याकालका लागि पुनः अध्यक्षमा निर्वाचित गुरुङ दोर्दी गाउँपालिका ७ लप्सिबोट निवासी हुन् । उनी कराँतेको कुशल खेलाडी मात्र नभइ अन्तर्राष्ट्रि प्रशिक्षक र राष्ट्रियस्तरको निर्णायक समेत हुन् । 

    उनी हाल दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको स्वकिय सचिवको रुपमा कार्यरत छन् । उनले आफ्नो बाल्यअवस्था देखि हालसम्म कराते खेलको विकास, प्रवर्दन र नयाँ खेलाडी उत्पादनमा उल्लेख्य भूमिका खेल्दै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend