२०८३, आश्विन १९ गते

images

राजीनामा दिने मुडमा मुख्यमन्त्री लामा

राजीनामा दिने मुडमा मुख्यमन्त्री लामा

शुक्रवार, श्रावण १६ २०८२०१:४६
शुक्रवार, श्रावण १६ २०८२०१:४६
  • images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने तयारीमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्पष्ट निर्देशनपछि मुख्यमन्त्री लामाले पद त्याग गर्ने सोच बनाएका हुन्।

    बिहीबार काठमाडौंमा सभापति देउवाले मुख्यमन्त्री लामालाई भेटेर पार्टीभित्रको विवाद नथपिने गरी मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। “पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने विवादमा नअल्झिऔं,” देउवाले लामासँगको भेटमा भनेका थिए।

    देउवाको निर्देशनपछि लामा काठमाडौँमै बसेर आफूनिकट सांसदहरू र मन्त्रिपरिषदका सदस्यहरूसँग सघन परामर्शमा जुटेका छन्। उनले पदबाट हटेपछि आफूपक्षीय नेताहरूको व्यवस्थापन सुनिश्चित हुनुपर्ने माग राखेका छन्। विशेषगरी, उनले आफूनिकटका सांसदहरूलाई आर्थिक मामिला जस्ता प्रभावशाली मन्त्रालय दिनुपर्ने अडान राखेका छन्।

    लामाले सभापति देउवासँग आफूपछि पनि कांग्रेस नेतृत्वको सरकार टिकाउनुपर्ने विषयमा कुराकानी गर्दै निकट सहयोगीहरूको व्यवस्थापनबारे स्पष्ट जवाफ मागेका थिए। जवाफमा देउवाले “सबैलाई मिलाएर जानुपर्छ” भन्ने निर्देश दिएका छन्।

    यद्यपि, लामाले अन्तिम निर्णय आफ्नो टोलीसँगको छलफलपछि मात्रै लिने बताएका छन्। उनका पक्षधर सांसदहरूका अनुसार यदि नेताहरूको व्यवस्थापन सुनिश्चित भएन भने मुख्यमन्त्री लामाले राजीनामा नगर्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी गरेका छन्।

    अविश्वास प्रस्तावमा साथ दिएका तीन जना सांसदलाई मन्त्री नियुक्त गरिएको भए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्था कमजोर रहेकाले सपथ ग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend