२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, श्रावण १८ २०८२१०:३६
आइतवार, श्रावण १८ २०८२१०:३६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप ५० अर्ब रुपैयाँको तरलता तान्ने भएको  छ । 

    राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४२ दिनको लागि बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको जानकारी दिएको छ । साँवा र ब्याज भुक्तानी आगामी भदौ २९ गते हुनेछ । 

    उक्त बोलकबोल प्रक्रियामा इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम सीमा ५ करोड रुपैयाँका दरले भाग लगाउँदा निःशेष भागसम्म स्वीकृति दिइनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend