२०८३, आश्विन २० गते

images

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच सम्झौता, भारतबाट सिधै नेपाल पैसा पठाउन सहज

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच सम्झौता, भारतबाट सिधै नेपाल पैसा पठाउन सहज

आइतवार, श्रावण १८ २०८२०१:३६
आइतवार, श्रावण १८ २०८२०१:३६
  • images

    काठमाडौँ । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । 

    समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो । 

    यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबार समेत गरिसकेका छन् । 

    यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सीएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ । 

    यसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । 

    साथै, भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend