२०८३, आश्विन २० गते

images

नेपाल एसबिआई बैंक ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन’बाट सम्मानित

नेपाल एसबिआई बैंक ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन’बाट सम्मानित

आइतवार, श्रावण १८ २०८२०६:२०
आइतवार, श्रावण १८ २०८२०६:२०
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन’ बाट सम्मानित भएको छ । बैंक क्यापिटल फाइनान्स इन्टरनेसनल लण्डनद्धारा “च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मानित भएकोे हो । सो प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँने बैंकले जनाएको छ । 

    त्यसैगरी बैंक, सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सद्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर”, “नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत  “डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर – नेपाल” र “एसएमई बैंक अफ द इयर – नेपाल” बाट सम्मानित भएको छ । 

    यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । 

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend