काठमाडौँ । बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा एभरेष्ट बैंकले सस्तो व्याजदरमै अटो लोन उपलब्ध गराउने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै बैंकले ६.५२ प्रतिशत ब्याजदरमै कर्जा योजना सार्वजनिक गरेको हो ।
ग्राहकले भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोमा स्टल नम्बर २ मा बैंकको स्टल रहेको छ । सोही स्थानबाट ग्राकहले आवश्यक सेवा लिन सक्ने बैंकले जनाएको छ ।
साउन २१ देखि २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी मोडेलका सवारीसाधन राखिने छन् ।
एक्स्पोमा विभिन्न कम्पनीले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेका छन् । नाइमाका अनुसार १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन् ।

