२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम धनगढीलाइ...

नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम धनगढीलाइ गर्याे नगद सहित खाद्यान्न सहयोग

नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम धनगढीलाइ गर्याे नगद सहित खाद्यान्न सहयोग

सीएनएन खबर
बुधवार, श्रावण २१ २०८२०४:३५
सीएनएन खबर
बुधवार, श्रावण २१ २०८२०४:३५
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । 

    बैंकको उक्त पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने लक्ष्य बैंकले राखेको छ । 

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्दले आश्रमका सुदुरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई उक्त सामग्रीहरु तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend