२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • साताको अन्मित दिन सुनको मूल्यले बनायो...

साताको अन्मित दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड

साताको अन्मित दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड

शुक्रवार, श्रावण २३ २०८२११:२१
शुक्रवार, श्रावण २३ २०८२११:२१
  • images

    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । 

    आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ९५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ६३ रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend