२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • पहिरोले सुपर न्यादी जलविद्युतका एक कामदारको...

पहिरोले सुपर न्यादी जलविद्युतका एक कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

पहिरोले सुपर न्यादी जलविद्युतका एक कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

शनिवार, श्रावण २४ २०८२०६:५३
शनिवार, श्रावण २४ २०८२०६:५३
  • images

    काठमाडौँ । लमजुङमा पहिरो खस्दा १ जनाको मृृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिका ६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लाग्दा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा कार्यरत अन्दाजी ४४ वर्षिय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लमजुङको बेंसीसहर नगरपालिका ८, मा अस्थायी रुपमा बस्दै आएका उनको स्थायी वासास्थानको पहिचान हुन बाँकी रहेको प्रहरी र आयोजनाले जनाएको छ ।

    घाइते लमजुङको दोर्दी गाउँपालिका ५ का २१ वर्षिय विराज गुरुङ, मध्यनेपाल नगरपालिका ७ बस्ने ३५ वर्षिय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक गाउँपालिका ६ बस्ने २५ वर्षिय विकास विष्ट घाइते भएका छन् । घाइतेहरुको टाउको, हातखुट्टा, ज्यानमा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    आयोजनाको निर्माण कम्पनीमध्ये जी एण्ड जी इन्फ्रा प्रालिका तर्फबाट मेकानिकल काम गर्दै आएका गुरुङसहितका कामदारहरु शनिबार दिउँसो क्याम्पसमा खान खाने बेला एक्कासी भीरबाट पहिरो झरेको थियो । पहिरोले लागेपछि गुरुङको घटनास्थलमै मृत्यु भएको आयोजना स्रोतले बतायो । 

    जिल्ला प्रहरी कार्यालय लमजुङकाका प्रमुख डिएसपी रेशम बोहराले शनिबार दिउँसो ३ बजेतिर घटनाबारे जानकारी पाएको र बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी खटाएको बताए । 

    क्याम्पमाा ४० जनाको हाराहारीमा कामदारहरु बस्दै आएको र पहिरो खस्न थालेपछि भाग्ने क्रममा ४ जनालाई पहिरोले लागेको र अन्य ३६ जना सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend