२०८३, आश्विन १९ गते

images

काठमाडौंका अधिकांश पानी खान अयोग्य, एक हप्तामै २७१ वटा जार बरामद गरी नष्ट

काठमाडौंका अधिकांश पानी खान अयोग्य, एक हप्तामै २७१ वटा जार बरामद गरी नष्ट

आइतवार, श्रावण २५ २०८२०५:०५
आइतवार, श्रावण २५ २०८२०५:०५
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले  पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीबाट सर्ने रोगहरूको जोखिम बढ्दै गएपछि महानगरले प्रशोधित पानीको अनुगमन र कारबाहीलाई एकसाथ अघि बढाएको हो ।

    पछिल्लो एक हप्तामा मात्रै महानगरले विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको जनाएको छ । महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार असार र  साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरिसकिएको छ ।

    ‘बर्खा याममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै हामीले प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ’ न्यौपानेले भने- ‘मापदण्ड विपरीतका जारहरूले तिम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ ।’

    चालु आर्थिक वर्ष सुरु भएयता महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वरजस्ता मुख्य क्षेत्रहरूमा चेकपोस्ट राखेर अनुगमन गरेको हो । पछिल्लो एकहप्ता यता  साउन १८ गते कोटेश्वरमा  १५ वटा सवारी साधनको अनुगमन गर्दा ७७ वटा मापदण्ड विपरीतका जार बरामद गरेको थियो । 

    साउन २० गते बल्खुमा ८ वटा कम्पनीका सवारी साधन जाँच गर्दा ५९ वटा कुच्चिएका, फुटेका र फोहोर जारहरू भेटिएको थियो ।  साउन २१ गते चाबहिल–चुच्चेपाटीमा  १९ वटा सवारी साधनको अनुगमनमा ६७ वटा जार बरामद गरियो। साथै पानीको गुणस्तर जाँच्न ३ वटा जारको नमुना प्रयोगशालामा पठाइएको छ।

    यस्तै साउन २३ गते माछापोखरी–बालाजुमा २० वटा सवारी साधनको अनुगमन गर्दा ६८ वटा मापदण्ड विपरीतका जारहरू फेला परे, जसलाई नष्ट गर्न पठाइएको महानगरले जनाएको छ ।

    अनुगमनका क्रममा महानगरले पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, जारमा उत्पादन मिति र कम्पनीको स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिएको छ ।

    फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।  उनले भने- ‘प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ। तिमीजस्ता नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’

    विगतमा बल्खु, कालीमाटी र टङ्केश्वरजस्ता क्षेत्रमा हैजाका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगर संवेदनशील बनेको र आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिने पराजुलीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend