२०८३, आश्विन २० गते

images
  • राजनीति
  • चार संसदीय समितिको बैठक आज बस्दै,...

चार संसदीय समितिको बैठक आज बस्दै, यस्तो छ एजेण्डा

चार संसदीय समितिको बैठक आज बस्दै, यस्तो छ एजेण्डा

सोमवार, श्रावण २६ २०८२०६:५४
सोमवार, श्रावण २६ २०८२०६:५४
  • images

    काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । 

    निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।

    अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

    कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

    त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend