२०८३, आश्विन २० गते

images

सानिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड पुग्यो, वितरणयोग्य नाफामा उछाल

सानिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड पुग्यो, वितरणयोग्य नाफामा उछाल

सोमवार, श्रावण २६ २०८२०९:११
सोमवार, श्रावण २६ २०८२०९:११
  • images

    काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा सानिमा बैंक लिमिटेडले २ अर्ब ५७ करोड रुपियाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा करिब ७.२५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३९ करोड रुपियाँ खुद नाफा कमाएको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीका साथै सञ्चालन नाफा पनि बढेको छ । अघिल्लो आवमा ६ अर्ब १८ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा ६ अर्ब ३५ करोड रुपियाँ आम्दानी गरेको छ । त्यस्तै सञ्चालन नाफा पनि ३ अर्ब ४७ करोड रुपियाँबाट बढेर ३ अर्ब ५७ करोड रुपियाँ पुगेको छ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७.६५ रुपियाँबाट बढेर १८.९३ रुपियाँ पुगेको छ । तर, खराब कर्जा भने बढेर १.७२ प्रतिशतबाट ३.०१ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८.८३ रुपियाँ रहेको छ।

    १३ अर्ब ५८ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपियाँ सञ्चित छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend