२०८३, आश्विन २० गते

images

नबिल बैंकको नाफा सवा ७ अर्ब, यस्तो छ अन्य सूचक

नबिल बैंकको नाफा सवा ७ अर्ब, यस्तो छ अन्य सूचक

मंगलवार, श्रावण २७ २०८२०७:५०
मंगलवार, श्रावण २७ २०८२०७:५०
  • images

    काठमाडौँ । नबिल बैंकको गत आर्थिक वर्ष २०८१र८२ मा ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

    गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ थियो । सो आधारमा अघिल्लो वर्ष बैंकको लाभांश क्षमता ११.३९ प्रतिशत थियो । 

    समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend