२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आठ देशका लागि राजदूत सिफारिस, कहाँ...

आठ देशका लागि राजदूत सिफारिस, कहाँ कसले पाए जिम्मेवारी ?

आठ देशका लागि राजदूत सिफारिस, कहाँ कसले पाए जिम्मेवारी ?

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८१०७:१८
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८१०७:१८
  • images

    काठमाडौं । सरकारले भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा आठ देशका राजदूत नियुक्तिका लागि  सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए । 

    उनले भने, ‘आठ वटा देशलाई राजदुत नियुक्तिका लागि  सिफारिस गर्ने पनि निर्णय भएको छ । जसअनुसार अमेरिकाका लागि चन्द्र कुमार  घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी ,सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सेना मलेसिया,डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।

    त्यस्तै,विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend