काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० प्रतियोगितामा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले विशेष कार्यक्रममार्फत बिदाइ गरेको छ।
अस्ट्रेलिया जाने टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेश बम रहेका छन्।
यसपटक ललित राजवंशीलाई भने पारिवारिक कारणले टोलीबाट बाहिर राखिएको छ। आमाको निधन भएपछि उनको स्थानमा शाहव आलमलाई समावेश गरिएको हो।
नेपालले अस्ट्रेलियामा पाकिस्तान ए र बंगलादेश ए सहित विभिन्न टोलीहरूसँग ६ खेल खेल्नेछ। प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ।

