२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन ग्लोरी...

एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन ग्लोरी रिसोर्टमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन ग्लोरी रिसोर्टमा १० प्रतिशत छुट पाउने

सीएनएन खबर
मंगलवार, श्रावण २७ २०८२०४:०१
सीएनएन खबर
मंगलवार, श्रावण २७ २०८२०४:०१
  • images

    काठमाडौं । एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा बिच ग्राहकहरूका लागि विशेष छुटको सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा खाना, पेय पदार्थ, स्पा र आवास सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट पाउनेछन् ।

    ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंक र रिसोर्टबिचको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

    एनआईसी एशिया बैंकले नगदरहित कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकहरूका लागि विविध सुविधाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend