२०८३, आश्विन २० गते

images

प्रभु बैंकको नाफा ९ गुणाले बढ्यो

प्रभु बैंकको नाफा ९ गुणाले बढ्यो

बुधवार, श्रावण २८ २०८२०८:२०
बुधवार, श्रावण २८ २०८२०८:२०
  • images

    काठमाडौँ । प्रभु बैंक लिमिटेडको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको नाफा अघिल्लो वर्षको तुलनामा झन्डै ९ गुणाले बढेको छ।

    बैंकले असार मसान्तसम्म ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको हो। जुन अघिल्लो आवको सोही अवधिमा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ मात्र थियो। यस आधारमा बैंकको नाफा ९६५.४० प्रतिशतले बढेको हो।

    बैंकका अनुसार खुद ब्याज आम्दानी भने ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँमा झरेको छ। तर सञ्चालन नाफा ९९.४४ प्रतिशतले बढ्दै ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ छ। यस आधारमा लाभांश वितरण क्षमता ४.४४ प्रतिशत रहेको बैंकले जनाएको छ।

    बैंकको प्रति सेयर आम्दानी २३.१२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ। खराब कर्जा अघिल्लो वर्षको ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ।

    २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend