२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसदमा प्रधानमन्त्रीको सम्बोधन, विदेश भ्रमणबारे गराए...

संसदमा प्रधानमन्त्रीको सम्बोधन, विदेश भ्रमणबारे गराए जानकारी

संसदमा प्रधानमन्त्रीको सम्बोधन, विदेश भ्रमणबारे गराए जानकारी

बुधवार, श्रावण २८ २०८२०२:३१
बुधवार, श्रावण २८ २०८२०२:३१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे जानकारी गराएका छन्।

    ओलीले साउन २०–२३ गते तुर्कमेनिस्तानको अवाजा सहरमा सम्मेलनमा सहभागी भएको जानकारी दिँदै, त्यहाँ तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा गएको बताएका छन्।

    प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको रूपमा सम्बोधन गरेको जानकारी दिए। साथै, एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्दै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गरेको बताए।

    ओलीले सम्मेलनका क्रममा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको बताए। उनले भूपरिवेष्टित देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासमा प्रत्यक्ष पहुँच नहुँदा चुनौतीहरूको सामना गरिरहेको र विश्वव्यापी बजार र यातायात सञ्जालको अभावले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ उत्पन्न भएको जिकिर गरे।

    प्रधानमन्त्री ओलीले सम्मेलन फलदायी रहेको भन्दै, भूपरिवेष्टित विकासशील देशहरूको सहभागिता, समन्वय र दिगो विकास लक्ष्यतर्फको प्रगतिका लागि यसले योगदान पुर्‍याएको बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend