२०८३, आश्विन २० गते

images

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

बिहिवार, श्रावण २९ २०८२०१:००
बिहिवार, श्रावण २९ २०८२०१:००
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीनको तियानजिन शहरमा हुने विश्वस्तरीय शिखर सम्मेलनमा भाग लिन जाने भएका छन्।

    सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने कार्यक्रम तय गरिएको छ।

    पहिला सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने विषयमा परामर्श चलिरहेको थियो। तर राष्ट्रपति नजानु भएपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा प्रतिनिधित्व हुने भएको हो।

    सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा आयोजना हुँदैछ, र नेपालसहित विश्वका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend