२०८३, आश्विन २० गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ६ अर्ब ७५ कराेड, यस्ताे छ अन्य सूचक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ६ अर्ब ७५ कराेड, यस्ताे छ अन्य सूचक

शुक्रवार, श्रावण ३० २०८२०८:२८
शुक्रवार, श्रावण ३० २०८२०८:२८
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ । 

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो ।

    ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ । 

    गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । 

    अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

    बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो । 

    नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ ।

    अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend