२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतको स्वतन्त्रता दिवसमा मोदीको पाकिस्तानप्रति चेतावनी...

भारतको स्वतन्त्रता दिवसमा मोदीको पाकिस्तानप्रति चेतावनी : “अब आणविक धम्की सहँदैनौँ”

भारतको स्वतन्त्रता दिवसमा मोदीको पाकिस्तानप्रति चेतावनी : “अब आणविक धम्की सहँदैनौँ”

सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२११:४५
सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२११:४५
  • images

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७९औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। दिल्लीको लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले ‘भारत अब आणविक धम्की र ब्ल्याकमेलिङ सहँदैन’ भन्दै पाकिस्तानविरुद्ध दृढ अडान व्यक्त गरे।

    मोदीले ‘अपरेसन सिन्दूर’मा सहभागी भारतीय सुरक्षा बलका जवानहरूलाई स्मरण गर्दै भने, “हाम्रा बहादुर सिपाहीहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएका छन्।” उनले आतंककारी आक्रमणमा निर्दोष नागरिकहरूलाई धर्म सोधेर हत्या गरिएको पहलगामको घटना पनि उल्लेख गर्दै यसप्रति आफ्नो गहिरो आक्रोश प्रकट गरे।

    प्रधानमन्त्रीको यो चेतावनी पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसमा ‘आर्मी रकेट फोर्स कमान्ड’ गठनको घोषणा गरेको भोलिपल्ट आएको हो, जसलाई भारतीय विश्लेषकहरूले भारतप्रति प्रत्यक्ष सन्देशको रूपमा लिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend