२०८३, आश्विन १९ गते

images

माछापुच्छ्रेर अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी विस्तार

माछापुच्छ्रेर अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी विस्तार

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:०५
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:०५
  • images

    काठमाडौँ । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ । 


    कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

    यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि टुजी सेवा सञ्चालनमा ल्याईएको छ ।

    समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

    BTS at ABC 1.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend