२०८३, आश्विन २० गते

images

गरिमा विकास बैंकको नाफा २०१% वृद्धि, लाभांश वितरण क्षमता १२.५९%

गरिमा विकास बैंकको नाफा २०१% वृद्धि, लाभांश वितरण क्षमता १२.५९%

सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२१२:२३
सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२१२:२३
  • images

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४३ करोड ३९ लाख रुपैयाँ नाफाको तुलनामा २०१.९६ प्रतिशतले बढी हो। बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसन आम्दानीमा पनि वृद्धि भएको छ। साथै, इम्पेयरमेन्ट चार्जमा ठूलो मात्रामा कमी आएपछि नाफामा उल्लेखनीय सुधार भएको हो।

    बैंकले ९० अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी र २ अर्ब ९३ करोड रुपैयाँ जगेडा कोष भएको बैंकको प्रतिसेयर आम्दानी (EPS) २३.०७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ। हाल यस बैंकको लाभांश वितरण क्षमता १२.५९ प्रतिशत र गैर–निष्पादित कर्जा अनुपात (NPL) ४.७२ प्रतिशत रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend