२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • कामना सेवाविकास बैंकद्वारा इलाकाप्रहरी कार्यालय, बुटवललाई...

कामना सेवाविकास बैंकद्वारा इलाकाप्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

कामना सेवाविकास बैंकद्वारा इलाकाप्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२०२:३३
सीएनएन खबर
शुक्रवार, श्रावण ३० २०८२०२:३३
  • images

    काठमाडौं । कामना सेवाविकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाकाप्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ। बैंकका संचालक भिम प्रसाद तुलाचनले इलाकाप्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई उक्त प्रिन्टर हस्तान्तरण गरेका हुन्।

    कार्यक्रम बैंकका संचालक तुलाचनको अध्यक्षता र प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री, सालिक रामखनाल तथा बैंकका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो।

    प्रहरी नायब उपरीक्षक रानाले उक्त प्रिन्टर कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग हुने र यसले कार्यालयले प्रदान गर्ने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा बैंकका संचालक तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरूमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्दै, नेपाल प्रहरीसँगको समन्वयमा समाज विकासका लागि हातेमालो गर्न पाउँदा खुशी व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्तबाबु आचार्यले गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend