२०८३, आश्विन २० गते

images

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता, जापान र कोरियाबाट रकम पठाउन अझ सहज हुने

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता, जापान र कोरियाबाट रकम पठाउन अझ सहज हुने

आइतवार, भाद्र १ २०८२०४:५५
आइतवार, भाद्र १ २०८२०४:५५
  • images

    काठमाडौँ । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफर मार्फ सहजै रकम पठाउन सकिनेछ ।

    यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि  ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । 

    जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, ‘जेआरएफ रेमिटसँग मिलेर हामीले अझ राम्रो रेमिट्यान्स सेवा प्रदान गर्न सक्नेछौँ । हाम्रो संयुक्त प्रयासले रकमको लेनदेनलाई अझ छिटो र भरपर्दो बनाउनेछ । साथै यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई वश्वास छ ।’

    नियो मनि ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै लगेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend