काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले मुलुकभका २२ स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बिमा सेवा सम्झौता गरेको छ।
स्वास्थ्य बिमा ऐन, २०७४ बमोजिम प्रथम सेवाबिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था छ।
बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्रसहित ५०२ सेवाप्रदायक स्वास्थ्य संस्था रहेका छन्। हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ।
यसले बीमितलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ।

