२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • मनसुनसँगै स्क्रब टाइफसको संक्रमण ५० जिल्लामा...

मनसुनसँगै स्क्रब टाइफसको संक्रमण ५० जिल्लामा  फैलियो

मनसुनसँगै स्क्रब टाइफसको संक्रमण ५० जिल्लामा  फैलियो

सोमवार, भाद्र २ २०८२१२:५५
सोमवार, भाद्र २ २०८२१२:५५
  • images

    काठमाडौं । मनसुन सक्रिय भएसँगै स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखा परेका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, विगत एक महिनामा मात्रै १,४१४ जनामा संक्रमण पुष्टि भएको छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार, हालसम्म बिरामीहरू अस्पतालमा छिटपुट मात्र भर्ना भएका छन्। विशेषज्ञहरूले बताएअनुसार, स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट फैलिने रोग हो र माउसमा पाइने माइटमार्फत मानिसमा सर्ने गर्दछ।

    गत आर्थिक वर्ष २०८१/०८२ मा देशभर ८,२४९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य विभागले जनतालाई सचेत रहन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend