२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले...

विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

मंगलवार, भाद्र ३ २०८२१२:५२
मंगलवार, भाद्र ३ २०८२१२:५२
  • images

    नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको सम्बन्धमा दूरी बढाएको संकेत देखिएको छ। पार्टीले भण्डारीका कार्यक्रममा सहभागी नहुन कार्यकर्ताहरूलाई स्पष्ट निर्देशन दिएको छ।

    एमाले विराटनगर महानगर कमिटीका इन्चार्ज परशुराम बस्नेतले सामाजिक सञ्जालमा प्रचार गरिएको पार्टी कार्यकर्ता भेलाको कार्यक्रम पूर्णतः झूटो भएको भन्दै एक सर्कुलर जारी गरेका छन्। उनले पार्टीको कुनै पनि औपचारिक निकायबाट त्यस्तो भेला तय नगरिएको र भ्रममा नपर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

    भण्डारी हिजो मोरङ पुग्दा पनि यसअघि उनलाई स्वागत गर्न जाने मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री शेरधन राईजस्ता शीर्ष नेताहरू अनुपस्थित रहेका थिए। यसबाट पार्टीभित्र भण्डारी र संस्थापन पक्षबीचको मतभेद थप स्पष्ट भएको छ। उनको स्वागतमा राज्यमन्त्री सिर्जना राई र प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी मात्र पुगेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend