२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • लमजुङ पोखरा सहकारीका सदस्यलाई अन्नपूर्ण अस्पतालमा...

लमजुङ पोखरा सहकारीका सदस्यलाई अन्नपूर्ण अस्पतालमा २० प्रतिशतसम्म छुट

लमजुङ पोखरा सहकारीका सदस्यलाई अन्नपूर्ण अस्पतालमा २० प्रतिशतसम्म छुट

मंगलवार, भाद्र ३ २०८२०६:११
मंगलवार, भाद्र ३ २०८२०६:११
  • images

     काठमाडौं । लमजुङ–पोखरा सम्पर्क समितिद्वारा  सञ्चालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था र पोखरा–१२ शिवचोकस्थित अन्नपूर्ण महिला तथा बाल अस्पतालबीच छुट सम्झौता भएको छ । 

    उक्त सम्झौतामा सहकारीका अध्यक्ष बिजली बहादुर गुरुङ र अस्पतालका अध्यक्ष सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । भदौ १ गतेदेखि सम्झौता कार्यान्वयनमा आएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

    सम्झौता अनुसार, लमजुङ पोखरा सम्पर्क समिति र समितिअन्तर्गत सञ्चालित सहकारीका सदस्यहरूले अन्नपूर्ण महिला तथा बाल अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन् । 

    समितिको सिफारिसमा मात्रै उक्त छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ ।  हाल समिति र सहकारीमा ५१२ जना सदस्य आवद्ध रहेका अध्यक्ष गुरुङले बताए ।

    अस्पतालका अध्यक्ष पाण्डे स्वयं पनि लमजुङ जिल्लाबासी भएकाले आफ्नै जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार जस्तो जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले यस्तो योजना ल्याएको बताए । यो सम्झौता ५ वर्षसम्म कायम रहनेछ । 

    अस्पतालले महिला तथा बालबालिकासहित विभिन्न रोगका उपचारमा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend