विराटनगर: करिब एक दशकको लामो अन्तरालपछि नेकपा (एमाले) को मोरङस्थित जिल्ला कार्यालयमा पुग्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको व्यवस्था मिलाएकोमा एमाले मोरङ र विराटनगर कमिटीको प्रशंसा गर्नुभएकाे छ।
पार्टी कार्यालय, मदन भण्डारी स्मृति भवनमा पुगेर उहाँले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।
लामो समयपछि पार्टी कार्यालयमा फर्कन पाउँदा खुसी व्यक्त गर्दै भण्डारीले यस भ्रमणका लागि आवश्यक व्यवस्था मिलाइदिएकोमा मोरङ जिल्ला कमिटी र विराटनगर नगर कमिटीप्रति आभार प्रकट गर्नुभयाे ।

