काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री अस्वस्थ भएकाले आजको बैठकमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको हो। कार्यव्यवस्था समिति बैठकमा उनले प्रधानमन्त्री स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।
यसअघि आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची रहेको थियो। तर प्रधानमन्त्री अस्वस्थ भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो।

