२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैकका ग्राहकलाई लेमन ट्रि प्रिमियरमा २० प्रतिशत छुट

कामना सेवा विकास बैकका ग्राहकलाई लेमन ट्रि प्रिमियरमा २० प्रतिशत छुट

बुधवार, भाद्र ४ २०८२०५:१०
बुधवार, भाद्र ४ २०८२०५:१०
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौं बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend