२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि...

एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि भोजन, आवास र दन्त उपचारमा छुट

एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि भोजन, आवास र दन्त उपचारमा छुट

सीएनएन खबर
बिहिवार, भाद्र ५ २०८२०८:१३
सीएनएन खबर
बिहिवार, भाद्र ५ २०८२०८:१३
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरूमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

    यसैगरी, बैंक र होलिडे इन रिसोर्ट काठमाडौंबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ  ।

    साथै बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग समेत दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूला​​​​​​​ई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

    नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend