२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • जनता आवास कार्यक्रमबाट घर नलिने ललित...

जनता आवास कार्यक्रमबाट घर नलिने ललित राजवंशीको घोषणा

जनता आवास कार्यक्रमबाट घर नलिने ललित राजवंशीको घोषणा

बिहिवार, भाद्र ५ २०८२०२:२०
बिहिवार, भाद्र ५ २०८२०२:२०
  • images

    विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले सरकारको जनता आवास कार्यक्रममार्फत घर नलिने स्पष्ट गरेका छन्।

    विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो परिवारलाई राख्न घर बनाउन आफैं सक्षम रहेको बताउँदै विपन्न परिवारलाई लक्षित सुविधा आफूले लिन नहुने धारणा राखे। “घर बनाउन म सक्षम छु, सरकारले यो योजना विपन्न परिवारका लागि ल्याएको हो भने त्यही परिवारलाई घर दिनुपर्छ,” राजवंशीले भने।

    उनले यसै वर्ष घर बनाउने योजना बनाए पनि आमा शुभकुमारी राजवंशीको निधनका कारण पूरा गर्न नसकेको उल्लेख गरे। सहानुभूतिका आधारमा सरकार वा अन्य निकायले सहयोग गर्न चाहे लिन तयार रहेको तर आवास योजनाबाट घर नलिने उनले प्रष्ट पारे। राजवंशीको परिवार विराटनगरमा बस्दै आएको छ र परिवारको नाममा महानगरपालिकाभित्र एक विगाह जग्गा रहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend