२०८३, आश्विन १९ गते

images

ललितपुर महानगरले निःशुल्क वेब सफ्टवेयर तालिम सञ्चालन गर्ने

ललितपुर महानगरले निःशुल्क वेब सफ्टवेयर तालिम सञ्चालन गर्ने

बिहिवार, भाद्र ५ २०८२०३:३२
बिहिवार, भाद्र ५ २०८२०३:३२
  • images

    ललितपुर । ललितपुर महानगरपालिकाले सूचना तथा प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आठ महिने निःशुल्क ‘वेब बेस्ड सफ्टवेयर डेभलपमेन्ट’ तालिम सञ्चालन गर्न लागेको छ।

    तालिम भक्तपुरको चौगुनारायण फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुनेछ र स्वदेशमै युवाहरूलाई रोजगारी तथा स्वरोजगारका लागि सक्षम बनाउने लक्ष्य राखिएको छ। महानगरपालिकाले १८ वर्ष पूरा भएका महानगर क्षेत्रभित्रका इच्छुक नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।

    तालिममा सहभागी हुनका लागि आवेदक कम्तीमा स्नातक तहको तेस्रो सेमेस्टरमा अध्ययनरत हुनुपर्नेछ। आठ महिने तालिमका लागि १५ जना प्रशिक्षार्थी छनोट गरिनेछ।

    tra.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend